जोडिनुहोस
  • होमपेज
  • ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

तनहुँ। व्यास नगरपालिका–१ गल्बुबेसीमा आज ट्याक्टरले ठक्कर दिँदा आठ वर्षीय बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सविन कुमाल रहेका छन्। ग १ त ७०३१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा बालकको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

सोही वडास्थित ज्ञानगङ्गा बोडिङ स्कुलमा कक्षा २ मा अध्ययनरत रहेका कुमालको ट्याक्टरको ठक्करबाट सख्त घाइते भई उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो।

ट्याक्टर चालक प्रदीप विकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका