जोडिनुहोस
  • होमपेज
  • संघीय सरकारलाई धरानका मेयरको चिठी– लौन सरकार खत्रा लाग्नु पर्‍यो!

संघीय सरकारलाई धरानका मेयरको चिठी– लौन सरकार खत्रा लाग्नु पर्‍यो!

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले संघीय सरकारलाई पत्र लेखेर दुर्गन्धमुक्त फोहोर व्यवस्थापन गर्ने स्थल (स्यानटरी ल्यान्डफिल साइट) बनाउन बजेटको माग गरेका छन्।

उनले सोमबार आफ्नै लबजमा पत्र लेखेर संघीय सरकारलाई खत्रा लाग्नु प¥यो भनेका हुन्। ‘धरानको फोहोर मैला व्यवस्थापनको लागि व्यवस्थित स्यानिटरी ल्यान्डफिल बनाउन अत्यावश्यक भएकोले योजनाको लागि पुग्दो पैसा हाल्दिनु प¥यो,’ उनले पत्रमा उल्लेख गरेका छन्, ‘फोहोर जङ्गलमा फाल्दा व्यवस्थित भएन भनेर फोटो खिच्ने र राजनीति गर्नेहरूको संख्या दिनानुदिन बढिरहेको छ। साथै फोहोर बगेर तल्लो भेगमा पुग्ने गरेको छ। बर्सेनि सुख्खा याममा फोहोरमा आगो लागेर डढेलो लागेर बिजोग हुन्छ। तार घेरा लाउन ला’को वनका मान्छेहरू आएर डोजरले भत्काइदिए।’

उनले विषयमा पत्र पठाएको पनि अल्झाएर राखिएको बताएका छन्। ‘अध्ययन गर्ने भन्छन्, कति लामो अध्ययन हो? कति वर्षे कोर्ष हो? जनतालाई देशलाई सेवा, सुविधा तत्काल चाहिएको छ। हाम्रो सरकार र कानूनलाई प्रक्रियामाथि प्रक्रियामाथि प्रक्रिया, अध्ययनै अध्ययन मात्रै चाहिएको छ। लौन सरकार खत्रा लाग्नु प¥यो,’ उनले खानेपानी मन्त्रालयलाई सम्बोधन गरेर लेखिएको पत्रमा भनिएको छ।

यस्तै उनले उनले खानेपानीको समस्या समाधानका लागि पनि आग्रह गरेका छन्। उनले सप्तकोशी नदीबाट लिफ्टिङ गरे पानी ल्याउने परियोजना सुरु गरिदिन भनेका हुन्। ‘धराने जनता खानेपानी खानेपानी भन्दै कतिन्जेल कराउँदै बस्नु पर्ने हो? मन्त्रालय धाएको, निवेदन चढाएको र नमस्कार गरेको पनि दुई वर्ष बित्यो। खर्बौं रुपैयाँको बजेट बनाउने नेपाल सरकारले धराने जनतालाई खानेपानी जस्तो अत्यावश्यक सेवा सुविधा प्राण आधार तत्त्वदेखि समेत वञ्चित गर्नुपर्ने कारण के प¥यो? किन धरानलाई विभेद गरेको हो?,’ उनले भनेका छन्।

पार्टी नमिले पनि देश त हाम्रो एउटै हो नि! होइन र? कि कसो? भन्दै धरानका जनताले खानेपानी नपाउनुको कारण सार्वजनिक गर्न माग गरेका छन्। ‘अन्यथा तत्काल सप्तकोशीको पानी लिफ्टिङको ठेक्का लगाइयोस्। खानेपानीसम्म खुवाउन नसक्ने सरकारको कुनै औचित्य नरहने हुँदा औचित्य र महत्त्व सावित हुने गरी कर्म गरौँ। आश्वासनले जीवन चल्दैन डेलिभरी दिने गरी काम गर्नु पर्छ है! कुरा तितो छ तर सत्य कुरा यस्तै हुन्छ असत्य बोल्न जानिएँन। मन नदुखाउनु होला बरु काम थाल्नु होला!,’ उनले भनेका छन्।

यस्तो छ पत्र–

462298109_1073850044536725_2733752136125062888_n-1728362186.jpg

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका