जोडिनुहोस
  • होमपेज
  • लामिछानेलाई आज पनि बयानका लागि सरकारी वकील कार्यालय पुर्‍याइयो

लामिछानेलाई आज पनि बयानका लागि सरकारी वकील कार्यालय पुर्‍याइयो

काठमाडौं। पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि आज पनि काठमाडौंस्थित जिल्ला सरकारी वकील कार्यालय पुर्‍याइएको छ । गत शुक्रबार बयान नसकिएकाले उनलाई आज पनि उपस्थित गराइएको हो ।

लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि कास्की प्रहरीको हिरासतबाट काठमाडौं ल्याइएको हो । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले मंसिर २ गते लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । लामिछानेमाथि कास्कीमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

यस्तै, बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि जोडिएका लामिछानेलाई यसअघि रूपन्देही जिल्ला सरकारी वकील कार्यालयमा बयानका लागि लगिएको थियो । लामिछाने लगायत विरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका