जोडिनुहोस
  • होमपेज
  • धौलागिरिमा मृत्यु भएका ५ आरोहीको शव तत्काल ल्याउन नसकिने

धौलागिरिमा मृत्यु भएका ५ आरोहीको शव तत्काल ल्याउन नसकिने

म्याग्दी। धौलागिरि प्रथम हिमालको ७ हजार ६ सय मिटर उचाइमा मृत फेला परेका ५ जना रूसी आरोहीको शव तत्काल ल्याउन नसकिने भएको छ।

हिमाली रेस्क्यु टिम परिचालन गर्न ‘इन्स्योरेन्स कभर’ प्रक्रिया टुंगो नलागेकोले आज मृतकहरुको शव ल्याउन नसकिने ट्रेकिङ एजेन्सी आइएम ट्रेकिङ एण्ड एक्सपिडिसनको हवाला दिँदै जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

‘रूसी आरोहीहरुको शवको आज तल झार्न सम्भव भएन। इन्स्योरेन्स प्रक्रिया टुंगो नलाग्दासम्म रेस्क्यु टिम पठाउन नसकिने ट्रेकिङ एजेन्सीले भनेको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले भने, ‘कहिलेसम्ममा शव ल्याउन सकिन्छ हामीले पनि यसै भन्न सकेनौँ।’

धौलागिरि प्रथम हिमाल आरोहण क्रममा रसियन अलेक्जान्डर डसीको, ओलेग क्रुग्लोभ, भाल्दिमिर किस्टिकोभ, मिखाइल नोसेन्को र दिमित्री स्पिलेभोईको शव मंगलबार फेला परेको थियो। असोज २० गते राति ११ बजे धौलागिरि प्रथम हिमालको ८ हजार मिटरमाथिबाट आरोहण त्यागेर फर्कन लागेको सूचना दिएका आरोहीहरू त्यसपछि सम्पर्कविहीन बनेका थिए।

विभागका अनुसार धौलागिरि आरोहणका लागी १४ जना रूसी आरोहीले ८ जना र ६ जनाको दुई टोली बनाइ आरोहण सुरु गरेका थिए। आरोहण समूहकै पहिलो टिमका डेनिस एलेक्सोन्को र आर्टस्योम तेसेन्त्सेभिल्स्की धौलागिरिको सफल आरोहण गरेर बेसक्याम्पमा ओर्लेका थिए भने ६ जनाले धौलागिरि हिमालको टुप्पो नजिक पुगेपछि खराब मौसम र बिरामी भई आरोहण त्यागेर फर्केका थिए।

रूसी पर्यटकको अर्को ६ जनाको समूह अक्सिजन र आरोहण सहयोगी बिना धौलागिरि आरोहणमा निक्लेको थियो। असोज १९ गते क्याम्प २ मा क्याम्प राखेर २० गते चुचुरो तर्फ लागेका थिए।

८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरिको ८ हजारमाथी पुगेपछि बिरामी भएको टोली आरोहण त्यागेर तल फर्केको सञ्चार सेटमा बताएका थिए । त्यसपछि सम्पर्कविहीन बनेका उनीहरु ७ हजार ६ सय मिटरको उचाइमा मंगलबार मृत भेटिएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका