जोडिनुहोस
  • होमपेज
  • बाढी पहिरोबाट प्रभावित परिवारका लागि भारतद्वारा राहत सामग्री हस्तान्तरण

बाढी पहिरोबाट प्रभावित परिवारका लागि भारतद्वारा राहत सामग्री हस्तान्तरण

काठमाडौं। बाढी र पहिरोबाट प्रभावित परिवारका लागि भारत सरकारको तर्फबाट द्वितीय सचिव श्री नारायण सिंहले राहत सामग्री सहयोग गरेका छन् । राहत सामाग्रीको दोस्रो खेप भारत सरकारका तर्फबाट द्वितीय सचिव सिंहले सोमबार बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी श्री दत्तराज हमाललाई हस्तान्तरण गरेका हुन् ।

अत्यावश्यक सरसफाई सामाग्री, औषधी, झुल, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट, खाद्यवस्तु, गम बुट, इन्फ्लेटेबल रबर बोट र मोटर सहितको २१.५ टनको उक्त मानवीय सहायताको खेप भारतबाट आज नेपालगन्ज ल्याइएको हो ।

हालै आएको बाढी र पहिरोले निम्त्याएको विनाशपछि नेपाल सरकारलाई साथ एवम् सबै खाले सहयोग प्रदान गर्न भारत सरकार तत्पर छ ।

Messenger creation 6F2D0E2A E45B 4CAC B004 D7C9DAC587DF Messenger creation 0AE9CF0F 9532 4B26 9228 5AE6472D4CD6 Messenger creation 17303122 F78A 4E1D BBE2 58CBA91366DB

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका