जोडिनुहोस
  • होमपेज
  • गुल्मीको शान्तिपुर जाँदै गरेको जीप दुर्घटना हुँदा १५ जना घाइते

गुल्मीको शान्तिपुर जाँदै गरेको जीप दुर्घटना हुँदा १५ जना घाइते

बुटवल। रुपन्देहीको बुटवलबाट गुल्मीको शान्तिपुर जाँदै गरेको जीप बुधबार गुल्मीका रुद्रबेनीमा दुर्घटनामा परेको छ। गुल्मीको सत्यवती गाउँपालिका–१ रुद्रबेनी नजिकै लु१ज २०८८ नम्बरको जीप दुर्घटनामा परेको हो।

दुर्घटनामा १५ जना घाइते भएको र एक जनाको अवस्था चिन्ताजनक अवस्थामा रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक कृष्ण सुनारले बताए।

घाइतेमध्ये १ जनाको अवस्था गम्भीर, ११ जनाको मध्यम र ३ जनाको सामान्य रहेको उनले बताए। घटनामा बाग्लुङको बरेङ गाउँपालिका–३ का ४० वर्षीय खड्कबहादुर क्षेत्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाका घाइते सबैको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि रिफर गरिएको पनि प्रसनी सुनारले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका