जोडिनुहोस
  • होमपेज
  • समाजवादी विश्व सम्मेलनमा भाग लिन चिली जाँदै उपेन्द्र यादव

समाजवादी विश्व सम्मेलनमा भाग लिन चिली जाँदै उपेन्द्र यादव

काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव दक्षिण अमेरिकाको चिली जाने भएका छन् ।

यादव बुधबार कतार एयरलाइन्सको विमानबाट चिलीतर्फ जान लागेका हुन् । चिलीको स्यान्टियागोमा सबै महादेशका विभिन्न मुलुकहरूका प्रगतिशील, सामाजिक लोकतान्त्रिक, श्रमिक र समाजवादी पार्टीको अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिभ एलाइन्सको आयोजनामा हुन लागेको विश्व सम्मेलनमा सहभागी हुन अध्यक्ष यादव जान लागेका हुन् ।

अक्टोबर ५ र ६ तारिखमा आयोजना हुने ‘थर्ड ग्लोबल कन्भेन्सन अफ दि प्रोग्रेसिभ एलाइन्स’को उक्त सम्मेलनमा अध्यक्ष यादवको नेतृत्वमा जसपा नेपालको अन्तर्राष्ट्रिय विभाग प्रमुख अर्जुन थापासहितको प्रतिनिधिमण्डल चिली जाँदैछ । अध्यक्ष यादवसहितको प्रतिनिधिमण्डल असोज २४ गते राति कतार एयरलाइन्सबाट स्वदेश फर्किने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका