जोडिनुहोस
  • होमपेज
  • ढुङ्गेअड्डामा एमालेले बनाउँदैछ ११ रोपनीमा पार्टी मुख्यालय, ओलीले शिलान्यास गर्दै 

ढुङ्गेअड्डामा एमालेले बनाउँदैछ ११ रोपनीमा पार्टी मुख्यालय, ओलीले शिलान्यास गर्दै 

हाल एमालेको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा छ। मनोहरा नदीमा बाढी आउँदा उक्त कार्यालय पटकपटक डुबानमा पर्ने गरेको छ। यसैले गर्दा एमालेले नयाँ ठाउँ रोजेको हो। २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि एमालेले भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको छ।

यसअघि एमाले धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनमा बसेको थियो। पासाङ ल्हामु प्रतिष्ठानलाई भोगाधिकार दिएको जग्गा तेस्रो पक्ष एमाले लाई भाडामा लगाइएको भन्दै विरोध भएपछि त्यहाँबाट थापाथली हाइट सरेको थियो। त्यसपछि केन्द्रीय कार्यालय २०७९ वैशाख ९ गते ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सारिएको थियो।

​तुलसीलाल स्मृति प्रतिष्ठानको भवन एमालेले पाँच वर्षका लागि भाडामा लिएको हो। यद्यपि यो जग्गा पनि सरकारले प्रतिष्ठानलाई भोगाधिकार दिएको हो। प्रतिष्ठानले एमालेलाई भाडामा लगाएको भन्दै त्यहाँ पनि आलोचना भएको थियो। मनोहरा नदीको किनारमा रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको भवन बाढी आउनेबित्तिकै डुबानमा पर्छ। मदननगर बल्खुमा रहेको पुरानो जग्गामा पनि भवन बनाउने अवस्था नरहेकोले ढुङ्गेअड्डामा बनाउन लागिएको एमालेका केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए।

एमालेले केन्द्रीय कार्यालय बनाउन एमालेले अहिले सदस्यहरूबाट १०० रुपैयाँ उठाउँदै आएको छ। ​भूकम्पले खण्डहर बनाएको बल्खुको भवन एमालेले २०५१ सालमा बनाएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका