जोडिनुहोस
  • होमपेज
  • मराठी अभिनेता अतुल परचुरेको निधन

मराठी अभिनेता अतुल परचुरेको निधन

काठमाडौं। चर्चित मराठी अभिनेता अतुल परचुरेको ५७ वर्षको उमेरमा निधन भएको छ।

एक वर्षअघि मात्र उनले क्यान्सरबाट निको भएको जानकारी दिएका थिए। अतुल परचुरे मराठी र हिन्दी सिनेमाका चर्चित अभिनेता थिए। उनले मराठी चलचित्र, नाटक र धारावाहिकमा अभिनय गरेका छन्।

क्यान्सरबाट निको भएर अतुल परचुरेले फेरि अभिनय गर्न थालेका थिए। बीबीसीको मराठी सेवाका अनुसार तर पाँच दिनअघि फेरि समस्या बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

उपचारकै क्रममा उनको निधन भएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका