जोडिनुहोस
  • होमपेज
  • उत्तरी लेबनानमा इजरायलको हवाई आक्रमणबाट २१ जना मारिए

उत्तरी लेबनानमा इजरायलको हवाई आक्रमणबाट २१ जना मारिए

काठमाडौं। उत्तरी लेबनानमा इजरायली हवाई हमलामा परी कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले यसबारेमा जानकारी दिएको छ ।

उत्तरी लेबनानको अयोटोमा रहेको एक आवासीय भवनमा इजरायली हवाई हमला भएको मन्त्रालयको दाबी छ । यो क्षेत्र अधिकांश क्रिस्चियनहरू बसोबास गर्ने क्षेत्र हो ।

इजरायली सेनाले आक्रमणबारे केही बताएको छैन । पछिल्लो एक महिनादेखि जारी इजरायली हमलामा १७ सय जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका