जोडिनुहोस
  • होमपेज
  • एक वर्षमा पर्नेभन्दा धेरै पानी दुई दिनमै परेपछि सहारा मरुभूमि डुबानमा

एक वर्षमा पर्नेभन्दा धेरै पानी दुई दिनमै परेपछि सहारा मरुभूमि डुबानमा

काठमाडौं। अफ्रिकाको उत्तरी क्षेत्रमा रहेको देश मोरक्कोको सहारा मरुभूमि क्षेत्र डुबानमा परेको छ । औसतमा एक वर्षमा पर्नेभन्दा धेरै पानी दुई दिनमै परेपछि दक्षिणपूर्वी मोरक्कोको सहारा मरुभूमि क्षेत्र ५० वर्षमा पहिलो पटक डुबानमा परेको हो । दुई दिनसम्म अतिठूलो वर्षा हुँदा मरुभूमिमा दुर्लभ मानिने डुबान भएको बीबीसीले जनाएको छ ।

मोरक्कोको मौसमसम्बन्धी निकायका अनुसार यति छोटो समयमै यति धेरै पानी परेको ३० देखि ५० वर्ष भइसकेको थियो । अतिठूलो वर्षाका कारण यस क्षेत्रमा मौसमी प्रक्रिया बदलिन सक्ने आँकलन गरिएको छ ।

उत्तरी, मध्य र पश्चिमी अफ्रिकामा १२ वटा देशमा फैलिएको सहारा मरुभूमिलाई संसारकै सबैभन्दा लामो तातो मरुभूमि मानिन्छ । दक्षिणपूर्वी मोरक्कोलाई संसारको सबैभन्दा सुक्खा ठाउँमध्ये एक मानिन्छ । त्यहाँ ग्रीष्मयामको उत्तरार्धमा पानी पर्नुलाई दुर्लभ मानिन्छ ।

मोरक्कोको राजधानी रबाटबाट झन्डै ४ सय ५० किलोमिटर दक्षिणमा रहेको ट्यागूनाइटमा २४ घण्टामा एक सय मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको खबरमा उल्लेख छ । जगोरा र टाटा शहरका बीचमा ५० वर्षसम्म सुक्खा रहेको क्षेत्रमा पानी भरिएको छ । मौसम विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘डब्ल्यूएमओ’ का अनुसार संसारभरिकै वर्षाचक्र छिटो छिटो बदलिने क्रममा रहेको छ ।

यस्तो वर्षालाई मौसमविद्हरूले ‘अतिउष्णक्षेत्रीय आँधी’ (’एक्स्ट्राट्रपिकल स्टोर्म’) भनेका छन् । हावामा पानीका मात्रा धेरै हुँदा त्यसले वाष्पीकरणलाई प्रोत्साहित गर्छ र थप आँधीबेहरी ल्याउने वातावरण बनाउँछ ।

विश्वव्यापी तापमान वृद्धिका कारण चरम मौसमी घटना बढ्न थालेकाले सहारा मरुभूमि क्षेत्रमा भविष्यमा पनि यस्ता घटना हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका