जोडिनुहोस
  • होमपेज
  • गौशाला धर्मशाला विवादमा पर्यटनमन्त्रीको हस्तक्षेप

गौशाला धर्मशाला विवादमा पर्यटनमन्त्रीको हस्तक्षेप

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पशुपति गौशाला धर्मशालाको काम रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन् ।

पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले बुधबार ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका हुन् ।

कोषको निर्णयअनुसार धर्मशालाको व्यवस्थापन जिम्मेवारी काठमाडौं महानगरपालिकालाई दिने ७ बुँदे समझदारी भएपनि मारवाडी सेवा समितिले विरोध गर्दै आएको थियो । विवाद बढ्दै गएपछि मन्त्रीले हस्तक्षेप गर्दै धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका हुन् ।

मन्त्री पाण्डेले यसबारे छलफलका लागि कोषका पदाधिकारीलाई छलफलमा बोलाएको मन्त्रालयले जनाएको छ । पाण्डेले आइतबार बिहान ९ बजेका लागि पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक बैठक बोलाएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका