जोडिनुहोस
  • होमपेज
  • विपक्षी दलको निष्कर्ष– ओली सरकार असफल भयो

विपक्षी दलको निष्कर्ष– ओली सरकार असफल भयो

काठमाडौं। विपक्षी दलको बैठकले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्ष निकालेको छ।

शुक्रबार नयाँबानेश्वरमा बसेको विपक्षी दलको बैठकले ओली सरकार असफल भएको निष्कर्ष निकाल्दै सुशासनको सवालमा पनि गम्भीर ढङ्गले चुकेको ठहर गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

यस्तै आजपाका अध्यक्ष प्रभु साहले सरकारले अध्यादेश ल्याएर विभिन्न पार्टीहरूलाई फुटाइदिने र नेताहरूलाई समेत तर्साउने नियत राखेको भन्दै यसको प्रतिवाद गर्ने निष्कर्ष निकालिएको बताए ।

यस्तै समसामयिक विषयमा सरकारलाई आइतबार ज्ञापनपत्र बुझाउने तय भएको समेत उनले बताए। उनका अनुसार बैठकले बाढी पहिरो पीडितको राहत र उद्धारको सन्दर्भमा सरकारको भूमिका गैरजिम्मेवार देखिएको बैठकले निष्कर्ष निकालेको छ। यस्तै सरकार सुशासनको सवालमा चुकेको, भ्रष्टाचारलाई प्रशय दिएको जस्ता आरोप पनि विपक्षी दलले लगाएको छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आह्वान बसेको बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, लोसपा नेपाल र आजपाका नेताहरु सहभागि थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका