जोडिनुहोस
  • होमपेज
  • रुसमा दुई वटा ट्याङ्करको तेल चुहिँदा दुई लाख टन माटो प्रदूषित

रुसमा दुई वटा ट्याङ्करको तेल चुहिँदा दुई लाख टन माटो प्रदूषित

काठमाडौं। रुसको दक्षिणी तटमा दुई वटा क्षतिग्रस्त ट्याङ्करबाट चुहिएको तेलले दुई लाख टन माटो प्रदूषित भएको रुसका प्राकृतिक स्रोतमन्त्रीले जानकारी गराएका छन् । डिसेम्बर १५ तारिखमा दुई वटा रुसी तेल ट्याङ्कर आँधीबेहरीका कारण पल्टिएका थिए । तीमध्ये एउटा डुबेको थियो र अर्को किनारामा पुगेको थियो ।

रुसी अधिकारीहरूका अनुसार दुई वटा जहाजमा नौ हजार दुई सय टन इन्धन तेल थियो । त्यसमध्ये झन्डै ४० प्रतिशत समुद्रमा र बाँकी तटीय क्षेत्रमा चुहिएको थियो ।

राष्ट्रपति भ्लादिमिर पुटिनले यो घटनालाई पर्यावरणीय विपत्ति भनेका समाचार संस्था एएफपीले जनाएको छ । कैयौं किलोमिटरको समुद्री तटमा इन्धन तेल फेला परेको छ । तेलले समुद्री रिसोर्टमा ठूलो क्षति पुगेको छ ।

हिजो बेलुकासम्म सबैजसो तटीय क्षेत्र सफा गरिसकेको रुसी अधिकारीहरूले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका