जोडिनुहोस
  • होमपेज
  • झडप र हुलदङ्गा हुन सक्ने भन्दै पोखराका केही क्षेत्रमा निषेधाज्ञा

झडप र हुलदङ्गा हुन सक्ने भन्दै पोखराका केही क्षेत्रमा निषेधाज्ञा

पोखरा। जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडप हुन सक्ने भन्दै निषेधाज्ञा आदेश जारी गरेका हुन्।

आइतबार बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी भएको हो।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ। त्यस्तै अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्नसमेत निषेध गरिएको छ।

उक्त अवधिमा यस आदेशको उल्लङ्घन गर्ने जोसुकै उपर प्रचलित कानुन बमोजिम कारबाही हुने आदेशमा उल्लेख छ। शहीदचोकआसपास र गैह्रापाटनआसपास क्षेत्रमा निषेधाज्ञा जारी भएको हो।

यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि शनिबारदेखि नै पोखरामा नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका छन्। लामिछानेलाई जिल्ला अदालतमा म्याद थपका लागि लगिएको छ।

त्यस्तै पोखराका सहकारीपीडितले पनि राष्ट्रबैंक चोक नजिकै प्रदर्शनको कार्यक्रम राखेका छन्। यस्तोमा दुवै पक्षबीच झडप हुन सक्ने भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

निषेधाज्ञा लागू हुने क्षेत्रका चार किल्ला

शहीदचोक आसपासका क्षेत्र
पूर्वतर्फः वाई चोक (उत्तर पूर्वतर्फ मिलनचोक)
पश्चिमतर्फः फिस्टेल गेट (बैदाम)
उत्तरतर्फः मालपोत कार्यालय, कास्की
दक्षिणतर्फः मुस्ताङ चोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि, ड्यामसाइड)
गैह्रापाटनआसपासका क्षेत्र
पालिखेचोकदेखि नवीन माविसम्मको सडक क्षेत्र

dao kaski 20102024084131 1000x0 1

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका