जोडिनुहोस
  • होमपेज
  • जन्मनासाथ बालबालिकाको अपाङ्गतासहित चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य

जन्मनासाथ बालबालिकाको अपाङ्गतासहित चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य

काठमाडौं। सरकारले प्रसूतिसेवा उपलब्ध हुने सबै सङ्घीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण अनिवार्य गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रसूतिसेवा उपलब्ध हुने सबै सङ्घीय अस्पतालमा अपाङ्गतासहितका चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य गर्ने निर्णय गरेका हुन्।

जन्मनासाथ थाहा पाउन सकेमा बालबालिकालाई अपाङ्गतासहितका धेरै स्वास्थ्य समस्याबाट बचाउन सकिने भएकोले यस्तो निर्णय गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

अब प्रसूति र बाल उपचारसेवा भएका सबै अस्पतालमा जन्मिएका बालबालिकाको अपाङ्गतासँगै रगतबाट थाइराइड परीक्षण हुनेछ ।

यसैगरी सुन्ने क्षमता वा आँखाको दृष्टिसम्बन्धी खराबीसमेत परीक्षण हुनेछ । बालबालिकाको जण्डिससम्बन्धी परीक्षणसमेत ती अस्पतालहरुमा हुने मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलले आफ्नो योजना तथा प्राथमिकतामा बालबालिकाको जन्मनासाथ हुने परीक्षणको दायरा बढाएर अपाङ्गता तथा प्रमुख स्वास्थ्य समस्याको निदान थालिने बताएका थिए ।

विश्वमा ६ प्रतिशत बालबालिकामा जन्मनासाथ अपाङ्गताको समस्या देखिने गरेको छ । तर समयमै परीक्षण तथा उपचार भएमा धेरै हदसम्म समस्या हटाउन सकिने अध्ययनले देखाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका