जोडिनुहोस
  • होमपेज
  • नेप्से ४७.४४ अंकले घट्यो, कारोबार बढ्यो

नेप्से ४७.४४ अंकले घट्यो, कारोबार बढ्यो

काठमाडौं। साताको पहिलो दिन आइतबार शेयर बजारको परिसूचक नेप्से २७०० अंकमुनि झरेको छ।

अघिल्लो दिनको तुलनामा नेप्से ४७.४४ अंक घटेसँगै २६९७ मा कायम भएको छ। कारोबार रकम भने बढेको छ। गत बिहीबार ७ अर्ब १९ करोडको कारोबार भएकोमा आज ८ अर्ब १८ करोडको भयो । १८ कम्पनीको मूल्य बढ्दा २२६ को घट्यो ।

सबै क्षेत्रका सूचक घटेका छन्। बैंकिङ १.०२, विकास बैंक २.३४, फाइनान्स ४.००, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.१४, लगानी १.८९, जीवन बीमा २.४६, उत्पादन २.०५, माइक्रोफाइनान्स १.५२, निर्जीवन बीमा १.५२, अन्य १.५० तथा व्यापार समूह १.८६ प्रतिशत घटे।

कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो। ङादी ग्रुप पावरको ९.८९, हिमालयन लघुवित्तको ५.९२ तथा अपर सोलु हाइड्रोको ३ प्रतिशत मूल्य बढ्यो।

इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो। गुडविल फाइनान्सको ८.४१, बुटवल पावरको ५.०३ तथा तेह्रथुम पावरको ४.९६ प्रतिशत मूल्य घट्यो। कारोबार रकमका आधारमा गुडविल फाइनान्स, कुमारी बैंक, हिमालयन रिइन्स्योरेन्स, एचआईडीसीएल प्रमोटर र ङादी ग्रुप पावर क्रमशः अगाडि रहे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका