जोडिनुहोस
  • होमपेज
  • जनता के चाहन्छन्, एमालेलाई राम्ररी थाहा छः महासचिव पोखरेल

जनता के चाहन्छन्, एमालेलाई राम्ररी थाहा छः महासचिव पोखरेल

काठमाडौं। एमाले महासचिव शंकर पोखरेलले जनता के चाहन्छन् भन्ने कुरा आफ्नो पार्टीलाई राम्रोसँग थाहा भएको बताएका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण सामाजिक सञ्जालले नभई आवधिक निर्वाचनले गर्ने बताएका छन्।

एमालेको भविष्यबारे अरु पार्टीका नेता कार्यकर्ताले चिन्ता लिनुनपर्ने समेत महासचिव पोखरेलको भनाइ छ। उनले लेखेका छन्, ‘यतिबेला फरक पार्टीका नेता र कार्यकर्ताहरूले नेकपा (एमाले)को भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन सुझाव दिइरहेका छन् र उसले गरेका निर्णयहरूको कटुआलोचना गरिरहेका छन्। राजनीति गर्नेहरूले आ(आफ्नो पार्टी राम्रो बनाउन लागे त अरुका बारेमा चिन्ता गर्नै पर्दैन नि।’

महासचिव पोखरेलले राष्ट्रको आवश्यकता के हो एमालेलाई राम्ररी थाहा भएको समेत बताएका छन्। ‘नेकपा (एमाले)लाई कस्तो बनाउने नेकपा (एमाले)जनलाई नै छोडिदिनु न। जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो? नेकपा (एमाले)लाई राम्ररी थाहा छ। जनस्तरका सुझाव ग्रहण गर्नका लागि नेकपा (एमाले)ले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग आधारित झुलाघाट चिवाभञ्ज्याङ यात्रा गरेकै हो। भविष्यमा पनि जनस्तरमा पुग्ने योजना बनाएकै छ,’ उनले लेखेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका