जोडिनुहोस
  • होमपेज
  • एमालेलाई दिइएको जग्गा दानविरुद्ध सर्वोच्चमा रिट दर्ता

एमालेलाई दिइएको जग्गा दानविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं। भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङले नेकपा एमालेको नयाँ पार्टी कार्यालय निर्माणका लागि कीर्तिपुरमा दानमा दिएको भनिएको जग्गा विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

उक्त जग्गा लिनु र कुनै दलको पार्टी कार्यालय खोल्नु भ्रष्टाचार हुने दाबीसहित अधिवक्ता ज्ञानबहादुर बस्नेतले सर्वोच्चमा बुधवार रिट दर्ता गरेका हुन् ।

विवादित व्यक्तिको जग्गा लिइएको भन्दै प्रश्न उठिरहेको समयमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भवन उद्घाटन समेत गरेकाले अन्तरिम आदेश जारी गरी रोक्न माग गरिएको छ।

१० रोपनी १४ आना जग्गा दान दिने गुरुङ विरुद्ध ललिता निवासको भ्रष्टाचार मुद्दा विचाराधीन छ । सर्वोच्चले सुरुमा उक्त रिट दर्ता नगरी दरपिठ गरेको थियो । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मङ्गलवार दरपिठ बदर गर्दै दर्ता गर्न आदेश गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका