जोडिनुहोस
  • होमपेज
  • सहकारी ठगी प्रकरणमा फरार रहेकी लेखा समिति सभापतिकी श्रीमती अदालतमा हाजिर

सहकारी ठगी प्रकरणमा फरार रहेकी लेखा समिति सभापतिकी श्रीमती अदालतमा हाजिर

काठमाडौं। सहकारी ठगी प्रकरणमा संलग्न रही फरार भएकी प्रतिनिधि सभाको लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा हाजिर भएकी छिन् ।

कोइराला बुधबार मोरङ जिल्ला अदालतमा हाजिर भएको अदालतमा सूचना अधिकारीले जानकारी थिए । अदालतमा उपस्थित भएकी कोइराको बयान उद्धव प्रसाद भट्टराईको इजलासमा सुरु भएको उनले बताए ।

मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा पक्राउ पुजी जारी भएपछि उनी फरार हुँदै आएकी थिइन् । यो सहकारीको मुद्दा यसअघि नै अदालतमा दर्ता भइसकेको छ ।

कोइरालाका बयानपछि थुनछेक बहस हुनेछ । त्यसपछि उनलाई धरौटीमा तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा कारागार पठाउने भन्ने आदेश आउने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका