जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रचण्डसहितका विपक्षी दलका नेता

राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रचण्डसहितका विपक्षी दलका नेता

काठमाडौं। पछिल्लो एकसातादेखि सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चाबीच विपक्षी दलहरू सक्रिय भएका छन् ।

केही दिनअघि सत्तारुढ दुई दल मधेशी लोकतान्त्रिक पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेतासहित बैठक गरेका विपक्षी दलहरू राजनीतिक भेटघाटमा सक्रिय भएका हुन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर दल विभाजनसम्बन्धी अध्यादेशसहित समसामयिक विषयमा ज्ञापनपत्र बुझाएका विपक्षीहरूले अब राष्ट्रपतिलाई भेट्न लागेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित विपक्षी दलका नेताहरू बुधबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलसँग संवादका लागि शीतल निवास पुग्दैछन् । उनीहरूले सरकारले ल्याउने तयारी गरेको भनिएको छ दल विभाजनसम्बन्धी अध्यादेशबारे पनि राष्ट्रपति पौडेलसँग संवाद तयारी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन तयारी गरेको अवस्थामा कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसमा असहमति जनाएका छन् । यस्तो अवस्थामा अपरान्ह ४ बजे विपक्षी दलका नेताहरू राष्ट्रपति पौडेलसँग संवादका लागि शीतल निवास जान लागेका हुन् । तत्कालै सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएमा त्यसलाई स्वीकार्न नसकिने सन्देश दिएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका