जोडिनुहोस
  • होमपेज
  • क्षतिग्रस्त दक्षिणकाली मन्दिरलाई पुरानै अवस्थामा फर्काउन सरसफाइ गरियो

क्षतिग्रस्त दक्षिणकाली मन्दिरलाई पुरानै अवस्थामा फर्काउन सरसफाइ गरियो

काठमाडौं। गएको हप्ता परेको तीन (असोज ११ गतेदेखि १३ गते)सम्मको वर्षापछि आएको बाढीले काठमाडौंस्थित दक्षिणकाली मन्दिरमा ठूलो क्षति गर्‍यो। बाढीले क्षति गरेको मन्दिरमा अहिले स्थानीय सरसफाइ र संरक्षणमा जुटेका छन्।

वडादशैंमा भीडभाड हुने मन्दिर परिसरका अधिकांश संरचना भत्किएको र लेदो माटो पसेकाले स्थानीय जनप्रतिनिधिको अगुवाइमा सरसफाइ गरिएको छ। उक्त कार्यका लागि नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीले पनि साथ दिएका छन्।

बाढीले मन्दिर परिसरमा लेदो माटो जमेर दर्शन गर्न असहज भएको थियो। तर शनिबार सरसफाइ गरेपछि केही सहज भएको छ।

नगरपालिकाको अधिकृत एवं दक्षिणकाली धार्मिक तथा सांस्कृतिक क्षेत्र विकास व्यवस्थापन समितिको कार्यकारी अधिकृत पेशल कुमार पोखरेलले मन्दिरलाई पहिलेकै अवस्थामा ल्याउने प्रयास भइरहेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका