जोडिनुहोस
  • होमपेज
  • पक्राउ पुर्जी जारी भएलगत्तै इन्स्पेक्टर बिनु शाही फरार

पक्राउ पुर्जी जारी भएलगत्तै इन्स्पेक्टर बिनु शाही फरार
काठमाडौं। ‘हनी ट्रयाप’ गिरोहसँग मिलेमतो गरेको आरोप लागेकी प्रहरी प्रभाग भैँसेपाटीकी तत्कालीन प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाही फरार भएकी छन् ।

ललितपुर प्रहरी परिसरले उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट पक्राउ अनुमति मागेको थियो । अदालतले इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै उनी फरार भएकी हुन् ।

पक्राउ पुर्जी जारी भएलगत्तै उनी सम्पर्कमा नरहेको र खोजी जारी रहेको ललितपुर प्रहरी स्रोतले जनायो ।

यसअघि, प्रहरीले शाहीका सवारी चालक सहायक हवल्दार महेन्द्र हमाललाई समेत पक्राउ गरिसकेको छ । एक जना जग्गा व्यवसायीबाट ३० लाख रुपैयाँ असुल गरेको घटनामा इन्स्पेक्टर शाहीको भूमिका शंकास्पद देखिएपछि शाहीलाई निलम्बन गरिएको छ ।

व्यवसायीसँग ३० लाख रुपैयाँ असुली गरेको घटनाबारे छानबिन गर्न बनेको समितिको सिफारिसको आधारमा चालक हमाल र शाहीलाई पनि पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने देखिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका