जोडिनुहोस
  • होमपेज
  • कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम सुरु भइसक्योः प्रधानमन्त्री

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम सुरु भइसक्योः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने काम सुरु गरिएको बताएका छन् ।

आफूले सरकारको नेतृत्व गरेको सय दिनको अवधिमा सम्पादन भएका प्रमुख उपलब्धिबारे सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कीर्तिपुर किकृट रङ्गशालामा दर्शक बस्न प्याराफिट, रात्रिकालीन खेलकुदका लागि फल्डलाइट र आवश्यक संरचना बनाउने काम सुरु गरेको बताए ।

उनले सहरी विकास मन्त्रालयसँगको सहकार्यमा रङ्गशाला विस्तारको काम थालिएको दाबी गरे ।

‘सरकारको पहिलो निर्णय रङ्गशाला बनाउने भन्ने थियो,’उनले भने, ‘सोही अनुसार काम सुरु गरिएको छ । सहरी विकास मन्त्रालयसँग सम्झौता भएर काम सुरु भइसकेको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका