जोडिनुहोस
  • होमपेज
  • दिल्लीमा वायु प्रदुषणलाई रोक्न कडा नियम लागू

दिल्लीमा वायु प्रदुषणलाई रोक्न कडा नियम लागू

काठमाडौं। वायुको गुणस्तर बिग्रिएपछि भारतको राजधानी शहरमा बढ्दो वायु प्रदुषण स्तरलाई सम्बोधन गर्न नयाँ दिल्लीमा वायु प्रदुषणको कडा उपायहरू अपनाइएको छ ।

भारतको राजधानी शहरका धेरै क्षेत्रमा वायु गुणस्तर सूचकांक (एक्युआइ) पिएम२.५ को हिसावले ३०१ र ४०० को बीचमा रेकर्ड गरिएको थियो । जुन धेरै खराब श्रेणीमा परेको थियो ।

भारत सरकारको वायु गुणस्तर र मौसम पूर्वानुमान र अनुसन्धानको प्रणालीअनुसार नयाँ उपायहरू राष्ट्रिय राजधानी क्षेत्र र छेउछाउका क्षेत्रहरूमा वायु गुणस्तर व्यवस्थापन आयोगले जारी गरेको ग्रेडेड प्रतिक्रिया कार्य योजनामा समावेश गरिएको थियो ।

नयाँ प्रदुषण विरोधी उपायहरूमा भ्याकुम स्वीपिङ र सडकमा पानी छर्कने, ट्राफिक आवागमनलाई सहज बनाउनको लागि सिङ्क्रोनाइज गर्ने, निजी यातायातलाई निरुत्साहित गर्न पार्किङ शुल्क बढाउने, सार्वजनिक यातायातको फ्रिक्वेन्सी बढाउने जस्ता समावेश छन् ।

दिल्लीमा बसोबास गर्ने मानिसहरूलाई अक्टोबरदेखि जनवरीसम्म धुलो–उत्पादन गर्ने निर्माण गतिविधिहरूबाट जोगिन र निजी सवारीहरूमा नियमित रूपमा एयर फिल्टरहरू प्रतिस्थापन गर्न सल्लाह दिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?