जोडिनुहोस
बिहिबार, कार्तिक २०, २०८३
बिहिबार, कार्तिक २०, २०८३
  • होमपेज
  • मंसिर ५ गते सहकारी पीडित फेरि सडकमा उत्रिँदै

मंसिर ५ गते सहकारी पीडित फेरि सडकमा उत्रिँदै

काठमाडौं। सरकारले आफूहरूलाई बेवास्ता गर्दै माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितले फेरि वृहत राष्ट्रिय आन्दोलनको घोषणा गरेका छन्।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले आज एक विज्ञप्ति जारी गरी सरकारले बचत फिर्ताको जिम्मा नलिएसम्म आफूहरूको रकम फिर्ता हुने अवस्था नदेखिएकोले आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएको हो।

‘सहकारी बचतकर्ताको बचत फिर्ता गर्न सरकारले जिम्मा नलिएसम्म बचतकर्ताको रकम फिर्ता हुने देखिँदैन, त्यसैले सरकारले यस विषयमा गम्भीरतापूर्वक लाग्नुपर्नेछ,’ अभियानका अध्यक्ष कुशलब केसीले भनेका छन्, ‘त्यसैले हाम्रो निर्णायक आन्दोलन मंसिर ५ मा हो। हामी आन्दोलनमा उत्रिने बाध्यता सरकारले बनायो।’

सहकारी पीडितले बुधबार डिपुटी गर्भनरसहित बसेको क्याबिनेट छलफलमा पनि आफूहरूको प्रतिनिधि नराखी सम्झौता गरेको आरोप लगाएका छन्। उनीहरूले पटकपटक सम्पर्क गर्दा पनि सरकारी पक्ष सम्पर्कमा आउन नचाहेको बताएका छन्।

‘हाम्रो समस्याको सम्बोधन गर्ने क्रममा चासो नदेखाउने र फोन सम्पर्क गर्दासमेत नउठाउने सरकार अनुत्तरदायी भएका कारण आन्दोलनको घोषणा गर्नुपर्ने बाध्यता भएको हो,’ उनले भनेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका