जोडिनुहोस
  • होमपेज
  • उपचुनावका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण

उपचुनावका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण

काठमाडौं। आउँदो मङ्सिर १६ गते हुने रिक्त पालिकाको उपचुनावका लागि निर्वाचन आयोगले उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको छ । आयोगले गत बुधबार खर्चको हद निर्धारण गरेको आज जानकारी दिएको छ ।

उम्मेदवारको मनोनयनपत्र दर्ता भएदेखि मतपरिणाम घोषणाको अवधिसम्म उम्मेदवारले खर्च गर्न पाउने रकमको हद तोक्ने गरी आयोगबाट निर्णय भएको हो ।

कसले कति खर्च गर्न पाउछन् त ?

जसअनुसार महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा ७ लाख ५० हजार रुपैयाँ, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा ५ लाख ५० हजार रुपैयाँ भन्दा बढ्ता खर्च गर्न पाउने छैनन् ।

यस्तै नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारहरूका लागि जम्मा ४ लाख ५० हजार भित्र रहेर खर्च गर्नु पर्ने सीमा तोकिएको छ । गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले जम्मा ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने छन् । यस्तै गरी जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारहरूका लागि जम्मा ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी आयोगले सीमा निर्धारण गरेको छ ।

त्यसैगरी महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा ३ लाख रुपैयाँ, उपमहानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा २ लाख ५० हजार रुपैयाँ, नगरपालिकाका वडाअध्यक्ष पदका उम्मेदवारले जम्मा २ लाख रुपैयाँ र गाउँपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले जम्मा १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी खर्चको हद निर्धारण गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका