जोडिनुहोस
  • होमपेज
  • कांग्रेसमा सहमति खोज्न विशेष महाधिवेशन पक्षले संस्थापनलाई पठायो ‘अन्तिम विकल्प’

कांग्रेसमा सहमति खोज्न विशेष महाधिवेशन पक्षले संस्थापनलाई पठायो ‘अन्तिम विकल्प’

नेपाली कांग्रेस पार्टीलाई एक ढिक्का बनाएर लैजान निकासको अन्तिम प्रयास स्वरूप दुई महामन्त्री र संस्थापन पक्षबीच विभिन्न विकल्पको आदानप्रदान जारी छ। सभापति शेरबहादुर देउवासँग आज बिहान उनको निवास महाराजगन्जमा भएको वार्तामा कुनै सहमति हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र संस्थापन पक्षका नेताहरूबीच सहमतिको बाटो के के हुन सक्छ भन्नेबारे सन्देश आदानप्रदान भइरहेको स्रोतले बतायो। स्रोतका अनुसार विशेष महाधिवेशन पक्षले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सहमतिको अन्तिम विकल्पको सन्देश पठाएको छ। कार्यवाहक सभापति खड्कासहित संस्थापन पक्षका केन्द्रीय सदस्यहरू पार्टी कार्यालय सानेपामा छलफल गरिरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका