जोडिनुहोस
  • होमपेज
  • सत्ता गठबन्धको चेतावनी– सडकबाट व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य हुँदैन

सत्ता गठबन्धको चेतावनी– सडकबाट व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य हुँदैन

काठमाडौं। सत्ता गठबन्धनका शीर्ष नेताहरूले सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य नहुने बताएका छन् । शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले अराजकतालाई प्रोत्साहन गर्ने, राजनीतिक अस्थिरतालाई बल पुर्याउने अवाञ्छित गतिविधि उचित नभएको बताएका छन् ।

“‘सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन । लोकतन्त्रको विकल्प अझ उन्नतस्तरको लोकतन्त्र हो र सरकारको विकल्प खोज्ने बाटो संसद् र नयाँ जनादेश नै हो,” वक्तव्यमा भनिएको छ ।

त्यो भन्दा भिन्न तरिकाबाट अघि बढ्ने प्रयास लोकतन्त्रको मूल्य र मान्यताविपरीत भन्दै सचेत रहन ध्यानाकर्षण पनि गराएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका