जोडिनुहोस
  • होमपेज
  • सडकबाट प्रचण्डको प्रश्न– ‘शरणार्थी, बाँसबारी, गिरीबन्धु, बालमन्दिर काण्ड कहाँ पुग्यो?’

सडकबाट प्रचण्डको प्रश्न– ‘शरणार्थी, बाँसबारी, गिरीबन्धु, बालमन्दिर काण्ड कहाँ पुग्यो?’

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी लगायतका विभिन्न काण्डका मुद्दाहरू कहाँ पुग्यो भनेर सरकारलाई प्रश्न गरेका छन्।

माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन उनले यस्तो प्रश्न गरेका हुन्।

उनले नक्कली भुटानी शरणार्थी, बाँसबारी, गिरीबन्धु, बालमन्दिरलगायतका काण्ड कहाँ पुग्यो भनेर प्रश्न गर्दै भने, ‘यो प्रश्नको जवाफ दिने ल्याकत यो सरकारसँग छैन किनभने यो सरकार यी काण्ड खोतल्न होइन, मिलाउन बनेको हो।’

आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उनले सच्याउन आग्रह गरे। ‘नत्र संसद् र सडकमा तपाईंले त्यो प्रतिरोध देख्नुपर्ने छ, जसको तपाईँहरूले कल्पना गर्नुभएको छैन,’ अध्यक्ष प्रचण्डले भने, ‘बाढीपहिरो र विपत्तिमा नदेखिने सरकार दल विभाजन गर्ने अध्यादेश ल्याउन, उपसभामुख हटाउन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाउन देखिन्छ, यो हर्कत सरकारका लागि महँगो पर्ने छ।’

यो देश कांग्रेस एमालेको विर्ता नभएको उल्लेख गर्दै उनले सङ्ख्याको प्राविधिक बलमा जस्तोसुकै अपराध गरे पनि हुन्छ भन्ने कसैलाई लागेको भए तिनले त्योभन्दा माथि जनता छन् भन्ने बिर्सेको टिप्पणी गरे।

‘जे गरे पनि हुन्छ भन्ने लाग्छ, जवाफ दिनुपर्देन?,’ अध्यक्ष प्रचण्डले सरकारलाई प्रश्न गर्दै भने, ‘संसद्को रोष्टममा भद्र तरिकाले मागिन्छ जवाफ, धेरै अभद्र भयौ भने सडकमै घिसारेर भए पनि मागिने छ जवाफ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका