जोडिनुहोस
  • होमपेज
  • Nepal International Okinawa Goju-Ryu Karate Do Association को पहिलो belt test कार्यक्रम सम्पन्न

Nepal International Okinawa Goju-Ryu Karate Do Association को पहिलो belt test कार्यक्रम सम्पन्न

मिति २०८२/०६/११ गते काठमाण्डौमा Nepal International Okinawa Goju-Ryu Karate Do Association को पहिलो belt test कार्यक्रम सम्पन्न भएको छ। संघका प्रमुख प्रशिक्षक तथा जापान गोजु – रियो केन्वाकाई कराते संघ का संस्थापक कोषाध्यक्ष डा. तिलु लगायत प्रमुख अतिथि सगरमाथा टेलिभजनका अध्यक्ष निर्मल गुरुङ कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

परिक्षा निर्णायकका भूमिका नेपाल बुदोकैदो संघका उपाध्यक्ष गुरु बिक्रम महर्जन र पुरानो कराते खेलाडी तथा सामाजिक अभियन्ता गुरु अनु चापागाईंले गर्नुभएको थियो।

डेाजोका गुरु यशिका राना र सेम्पाई सरिना पुनले सन्चालन गरेको उक्त कार्यक्रममा कराते खेलाडीहरुले आफ्नो उत्कृष्ट काता प्रदर्शन गरेका थिए भने दर्शकको रुपमा  अभिभावकहरु तथा उक्त स्कुलका शैक्षिक प्रमुख अरुन सामन्त लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बेल्ट टेष्ट पास हुने कराते विद्यार्थीहरुलाइ सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले प्रमाण पत्र प्रदान गर्नुको साथै खादा तथा टिका समेत लगाई दिनु भएको थियो ।

 

karate.jfif next nirmal sir next 1 karate 1 1

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका