जोडिनुहोस
  • होमपेज
  • ११ उद्योगले तिरे बिजुली बक्यौताको पहिलो किस्ता

११ उद्योगले तिरे बिजुली बक्यौताको पहिलो किस्ता

काठमाडौं। ट्रङ्क तथा डेडिकेटेड लाइनको महसुल रकम नतिरेकामध्ये केही उद्योगले किस्तामा तिर्न थालेका छन्।

नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालका अनुसार आइतबारसम्म ११ वटा उद्योगले पहिलो किस्ता बुझाएका छन्।

आइतबार मात्रै तीनवटा उद्योगले पहिलो किस्ता तिरेको उनले बताए। किस्ता बुझाएका उद्योगको नाम भने उनले खुलाएनन्।

प्राधिकरणले विद्युत महसुल बापतको बक्यौता नबुझाएको भन्दै बिहीबार राति ४३ उद्योगको लाइन काटिदिएको थियो। किस्ता बुझाउने उद्योगमा लाइन जोडिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका