जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमको एक करोड सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमको एक करोड सहयोग

काठमाडौं। नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड दुई लाख सत्तरी हजार दुई सय चौध रुपैयाँ जम्मा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोषमा रकम जम्मा गरेको जानकारी पत्र हस्तान्तरण गरिन् ।

गत भाद्र १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारणले काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा भएको बाढी–पहिरो तथा डुबान लगायतका प्राकृतिक विपत्तिका पीडितहरूलाई राहत स्वरूप टेलिकमले कोषमा उक्त रकम जम्मा गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति रहेको उल्लेख गर्दै संस्थाको साख उच्च राख्दै जनतालाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्ने गरी अगाडि बढ्न निर्देशनसमेत दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका