जोडिनुहोस
  • होमपेज
  • शेयर बजार २६३९ अंकमा झर्‍यो

आर्थिक

शेयर बजार २६३९ अंकमा झर्‍यो

  • Avatar of Sanchar NP
    Sanchar NP
  • आइतवार, साउन २४, २०८३
शेयर बजार २६३९ अंकमा झर्‍यो

काठमाडौं। सोमबार शेयर बजारको परिसूचक नेप्से ५७.९९ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६३९ मा कायम भएको छ। बजार घट्दा कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ८ अर्ब १८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९० करोडको भयो।

२३ कम्पनीको मूल्य बढ्दा २२१ को घट्यो। सबै क्षेत्रका सूचक घटेका छन्। फाइनान्स सबैभन्दा धेरै ३.३८ प्रतिशत घट्यो। बैंकिङ २.३०, विकास बैंक १.७८, होटल तथा पर्यटन १.६६, हाइड्रोपावर २.०५, लगानी २.५१, जीवन बीमा २.१५, उत्पादन १.६५, माइक्रोफाइनान्स १.८९, निर्जीवन बीमा १.७६, अन्य २.३४ र व्यापार समूह ०.२८ प्रतिशत घटे।

विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो। त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८, कालिका लघुवित्तको ५.५ पिपुल्स हाइड्रोपावरको ४.८४, मानुषी लघुवित्तको ३.९९ प्रतिशत मूल्य बढ्यो।

ङादी ग्रुप पावरको ९.२, गुडविल फाइनान्सको ५.६, छ्याङ्दी हाइड्रोको ४.७, इस्टर्न हाइड्रोपावरको ४.७, गोर्खाज फाइनान्सको ४.६ प्रतिशत मूल्य घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, कुमारी बैंक, गुडविल फाइनान्स र नेपाल फाइक्ष्नान्स क्रमशः अगाडि रहे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका