जोडिनुहोस
  • होमपेज
  • क्यानले आयोजना गर्न लागेको एनपीएल अर्कैको नाममा

क्यानले आयोजना गर्न लागेको एनपीएल अर्कैको नाममा

काठमाडौं। नेपाल क्रिकेट संघ–क्यानले आयोजना गर्ने भनिएको नेपाल प्रिमियर लिग अर्कैको नाममा दर्ता भएको पाइएको छ ।

नेपाल प्रिमियर लिग प्रालि पूर्व क्रिकेटर आमिर अख्तिरको नाममा रहेको पाइएको हो । आमिरले २०७० सालमै नेपाल प्रिमियर लिग प्रालि दर्ता गरेका थिए ।

एनपीएल आफ्नो नाममा रहेको भन्दै आमिरले नेपाल क्रिकेट संघ–क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।

क्यानले आफ्नो स्वामित्वमा नेपाल प्रिमियर लिग–एनपीएल आयोजना गर्दैछ । तर, आमिरले कानुन अनुसार प्रतियोगिताको स्वामित्व आफ्नो रहने भन्दै ध्यानाकर्षण गराएका हुन् ।

उनले क्यानले सहमति गरेमा आफूले नेपाल प्रिमियर लिग प्रालि नामसारी गरिदिने पनि बताएका छन् । जसका लागि ७ दिनको अल्टिमेटम दिएका छन् ।

एनपीएल मंसिर १६ गतेबाट संचालन हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका