जोडिनुहोस
  • होमपेज
  • बाढीपछि स्पेनमा तीन दिने राष्ट्रिय शोकको घोषणा

बाढीपछि स्पेनमा तीन दिने राष्ट्रिय शोकको घोषणा

काठमाडौं। भ्यालेन्सियाको पूर्वी क्षेत्र र अल्बासेटे र कुएन्काका छिमेकी प्रान्तहरूमा विनाशकारी फ्ल्यास बाढीबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ। स्पेन सरकारले बुधबार तीन दिने शोकको घोषणा गरेको छ।

भारी वर्षाका कारण भ्यालेन्सियाका भाग, अल्बासेटे र कुएन्का प्रान्तहरू मंगलबार राति र बुधबार बिहान डुबानमा परेका थिए।

सेप्टेम्बर १९६६ पछिको सबैभन्दा भारी वर्षा भएको बताइएको छ। धेरै कारहरू बगाएको छ भने मगरो नदीको पुल डुबेको समाचारमा उल्लेख छ। स्पेनी सेनाको आपतकालीन प्रतिक्रिया युनाइटेड (यूएमई)का एक हजार सदस्यहरू प्रभावित क्षेत्रमा उद्धारमा खटिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका