जोडिनुहोस
  • होमपेज
  • ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

पाल्पा। ट्रकको ठक्कर बाट पाल्पामा एक जना पैदलयात्रुको मृत्यु भएको छ।

माथागडी गाउँपालिका–२ फेदीका ५३ वर्षीय टेकबहादुर ढेगाको मृत्यु भएको पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।

फेदीबाट खहरे तर्फ जाँदै गरेको लु २ ख १४५ नम्बरको ट्रकले बिहीबार राति ९स् २५ बजेतिर पैदल यात्रु ढेगालाई ठक्कर दिएको थियो।

घाइतेलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएकोमा चिकित्सकले तत्काल मृत घोषणा गरेको थियो। चालक प्रहरी नियन्त्रणमा छन्।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका