जोडिनुहोस
  • होमपेज
  • रवि लामिछानेलाई भेट्न हिरासत पुगे डीपी र स्वर्णिम

रवि लामिछानेलाई भेट्न हिरासत पुगे डीपी र स्वर्णिम

काठमाडौं। प्रहरी हिरासतमा रहेका राष्ट्रिय पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेट्न उपसभापतिद्वय डीपी अर्याल र डा स्वर्णिम वाग्ले पुगेका छन्।

सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेका हुन्। गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका सभापति लामिछानेलाई अदालतले हिजो १३ दिनको म्याद थप गरेको छ।

सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए। लामिछानेलाई मङ्गलबार बुटवल लगिने भएको छ।

हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर सूर्यदर्शन सहकारीको अनुसन्धान भइरहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न मङ्गलबार बिहान बुटवल लैजाने तयारी गरिएको हो।

त्यसअघि लामिछानेलाई भेट्न दुई सभापति पोखरा पुगेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका