जोडिनुहोस
  • होमपेज
  • भरतपुरमा स्थानीय जातका गाई संरक्षण गर्न कोष स्थापना

भरतपुरमा स्थानीय जातका गाई संरक्षण गर्न कोष स्थापना

चितवन। चितवनको भरतपुर महानगरपालिका–१ मा रहेको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा स्थानीय जातका गाईको संरक्षण गर्न एक करोड एक लाख रुपैयाँको अक्षय कोष स्थापना भएको छ ।

केन्द्रका संयोजक नवराज ढकालका अनुसार २०३९ सालदेखि केन्द्रमा गाई संरक्षण थालिएको हो । योगी नरहरिननाथबाट गौ संरक्षण शुरू भएको भन्दै उनले त्यसलाई निरन्तरता दिइएको बताए ।

अक्षय कोषका लागि ११ हजार एक सय रुपैयाँको आजीवन सदस्य र एक लाख एक हजार रुपैयाँको संरक्षक सदस्य बनाइएको छ । ४५ जना संरक्षक सदस्य र तीन सय २५ जना आजीवन सदस्य छन् ।

विं.सं. २०७४ बाट कोष स्थापना गरी रकम सङ्कलन गर्न थालिएको हो । कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने लक्ष्य छ । यो वर्ष तिहारमा १८ लाख रुपैयाँभन्दा बढी सङ्कलन भएको उनले बताए ।

गौ संरक्षण केन्द्रले दुई सय ५० भन्दा बढी स्थानीय जातका गाई पालेको छ । ती गाई पाल्न कोष स्थापना गरिएको हो । दाताले पराल, चोकरलगायत सहयोग गर्दै आएका छन् ।

योगी नरहरिनाथले स्थानीय जातका श्री गाई लोप नहुन् भन्ने भावनाका साथ गाईको वंश संरक्षण गर्ने उद्देश्यले केन्द्र स्थापना गरेका हुन् । केन्द्रमा उत्पादित गोबर र गहुँत बिक्री पनि हुने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका