जोडिनुहोस
  • होमपेज
  • अमेरिका पठाइदिने भन्दै ५९ लाख रुपैयाँभन्दा धेरै ठगी गरी फरार रहेका दुई जना पक्राउ

अमेरिका पठाइदिने भन्दै ५९ लाख रुपैयाँभन्दा धेरै ठगी गरी फरार रहेका दुई जना पक्राउ

काठमाडौं। अमेरिका पठाइदिने भन्दै ठगी गरी फरार रहेका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–२ घर भई चितवनको भरतपुर उपमहानगरपालिका–१० बस्ने ४३ वर्षीय कुलबहादुर थापा र गोरखाकै गण्डकी गाउँपालिका–२ घर भई काठमाडौंको नागार्जुन बस्ने ३१ वर्षीय राजन आले रहेका छन् ।

कुलबहादुर र राजनले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिने भन्दै ५९ लाख २५ हजार रुपैयाँ ठगी गरेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूलाई काठमाडौं महानगरपालिका–९ सिनामङ्गलबाट पक्राउ गरी ठगी कसूरमा अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताए ।

यस्तै वैदेशिक रोजगारीमा अजरबैजान र यूएई पठाइदिने भन्दै सात लाख ५५ हजार रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ का ३० वर्षीय जयप्रकाश चौरसिया र भक्तपुरको सूर्यविनायक नगरपालिका–५ का २७ वर्षीय आकाश दुलाल रहेका छन् ।

जयप्रकाशले अजरबैजान पठाइदिने भन्दै एक जनाबाट चार लाख र आकाशले यूएई पठाइदिने भन्दै एक जनाबाट तीन लाख ५५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका सूचना अधिकारी आचार्यले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका