जोडिनुहोस
  • होमपेज
  • रास्वपाले भन्यो– रवि लामिछानेको हिरासत बसाइ लम्ब्याउने प्रतिशोधपूर्ण प्रयास भइरहेको छ

रास्वपाले भन्यो– रवि लामिछानेको हिरासत बसाइ लम्ब्याउने प्रतिशोधपूर्ण प्रयास भइरहेको छ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेको हिरासत बसाइ लम्ब्याउने प्रतिशोधपूर्ण प्रयास भइरहेको जिकिर गरेको छ।

कार्यवाहक प्रवक्ता मनिष झाले बुधबार जारी गरेको विज्ञप्तिमा हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै लामिछानेको हिरासत बसाइ लम्ब्याउने प्रतिशोधपूर्ण प्रयास भइरहेको बताएका हुन्।

हिरासत बाहिर रहेर पनि अनुसन्धान गर्न सकिने कानुनी प्रबन्धको कार्यान्वयनका लागि रास्वपाले सम्बद्ध सबैको ध्यानाकर्षण गराएको छ। रास्वपाले सभापतिलाई राजनीतिक पूर्वाग्रह प्रेरित भई गरेको दाबी गर्दै पोखरामा मंगलबार भएको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको पनि भर्त्सना गरेको छ।

संसदीय छानबिन समितिले अनुसन्धान गरी सहकारीको बचत अपचलनमा पार्टी सभापति लामिछानेको संलग्नता नरहेको स्पष्ट पारे पनि सरकारले सहकारी ठगीसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणमा समेत अनुसन्धान अगाडि बढाएको रास्वपाको जिकिर छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका