जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख, सबै रिपोर्ट सामान्य

प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख, सबै रिपोर्ट सामान्य

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ।

गत सोमबारदेखि ज्वरो आएपछि आराम गरिरहेका प्रधानमन्त्री ओलीको बुधबार स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरू सामान्य रहेको चिकित्सकहरूले बताएका छन्। ‘प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ,’ सचिवालयले बुधबार दिउँसो उनको स्वास्थ्य बारे जानकारी गराउँदै भनेको छ, ‘उहाँको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरू सामान्य रहेका छन्।’

बिरामी परेपछि प्रधानमन्त्री ओलीको मंगलबारदेखि तय भएका सबै भेटघाट पनि बन्द गरिएको छ।

ओली अहिले बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका