जोडिनुहोस
  • होमपेज
  • भारतमा पनि देखियो ‘एचएमपीभी भाइरस’

अन्तर्राष्ट्रिय

भारतमा पनि देखियो ‘एचएमपीभी भाइरस’

  • Sanchar NP
  • शुक्रबार, बैशाख ११, २०८३
भारतमा पनि देखियो ‘एचएमपीभी भाइरस’

काठमाडौं। भारतको कर्नाटकमा ह्युमन मेटान्युमोनोभाइरस (एचएमपीभी)का दुई घटना सार्वजनिक भएको छ । त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सामाजिक सञ्जाल एक्समा भनेको छ, ‘कर्नाटकमा नियमित परीक्षणका क्रममा आईसीएमआरले एचएमपीभीका दुई घटना पत्ता लगाएको छ ।’

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार, दुवै घटनामा बालबालिकामा संक्रमण देखिएको छ । तीन महिनाकी बालिकामा उक्त संक्रमण देखिएको छ । उपचारपछि उनी अस्पतालबाट ‘डिस्चार्ज’ भएकी छन् ।

आठ महिनाका एक बालक पनि एचएमपीभीबाट संक्रमित छन् । बेंगलुरुको एक अस्पतालमा उनको उपचार भइरहेको छ । बालकको अवस्था स्थिर छ । उनलाई निगरानीमा राखिएको बीबीसी हिन्दीले जनाएको छ ।

पछिल्ला केही दिनदेखि चीनमा एचएमपीभी संक्रमण तीव्र गतिमा फैलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका