जोडिनुहोस
  • होमपेज
  • मन्त्री हेरफेर गर्ने ‘मुड’मा प्रधानमन्त्री

मन्त्री हेरफेर गर्ने ‘मुड’मा प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले केही मन्त्रीको जिम्मेवारी हेरफेर र नयाँ मन्त्री नियुक्तिको तयारी गरेका हुन्।

‘मन्त्रिपरिषद् हेरफेरको तयारी छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘कोको मन्त्रीको जिम्मेवारी हेरफेर हुन्छ भन्ने तयारी उहाँ (प्रधानमन्त्री)ले गरिरहनुभएको छ।’

स्रोतका अनुसार, एकदुई दिनमै प्रधानमन्त्री ओलीले यसबारे निर्णय लिनेछन्। मन्त्रिपरिषद्लाई थप मजबुत बनाउन यस्तो तयारी भएको प्रधानमन्त्री ओली निकट एक नेताले जानकारी दिए।

गत असार ३० गते ओली प्रधानमन्त्री नियुक्त भएका थिए। लगत्तै भोलिपल्ट प्रधानमन्त्री ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका