जोडिनुहोस
  • होमपेज
  • यूएईलाई हराउँदै नेपाल यू-१९ महिला विश्‍वकपमा छनोट

यूएईलाई हराउँदै नेपाल यू-१९ महिला विश्‍वकपमा छनोट

यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाइन्। त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन्। साबित्री धामीले १२ रन बनाइन्।

टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो। यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन्। त्यस्तै रिनिथा रञ्जितले २० रन बनाइन् भने ‌‌ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए।

नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन्। उनले कप्तान धर्निधरका सहित ३ खेलाडीलाई एकै ओभरमा आउट गराएकी थिइन्। नेपालका रिया शर्मा र सीमा केसीले २२ विकेट लिँदा रचनाकुमारी चौधरीले १ विकेट लिइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका