जोडिनुहोस

आर्थिक

आज कति छ तरकारीको भाउ?

  • Avatar of Sanchar NP
    Sanchar NP
  • शनिबार, जेष्ठ १६, २०८३
आज कति छ तरकारीको भाउ?

काठमाडौं। कालीमाटी तरकारी बजारमा सोमबार काउली किलोमै २० रुपैयाँ सस्तिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार काउलीको भाउ प्रतिकिलो १०० देखि १२० रुपैयाँ छ।

आइतबार यसको भाउ १२० देखि १४० रुपैयाँ प्रतिकिलो थियो। बन्दाको भाउ स्थिर रही प्रतिकिलो ४० देखि ५० रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ।

लाम्चो भन्टा ५ रुपैयाँ महँगिएर सोमबार प्रतिकिलो ३५ देखि ४० रुपैयाँ प्रतिकिलो छ। तने बोडी १० रुपैयाँ महँगिएर प्रतिकिलो १२० देखि १३० रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ।

त्यस्तै मटरकोशाको भाउ आज प्रतिकिलो १२० देखि १४० रुपैयाँ छ। आइतबार यसको भाउ १०० देखि १२० रुपैयाँ थियो।

रायोको सागको भाउ किलोमा १० रुपैयाँ बढेर सोमबार ५० देखि ६० रुपैयाँ प्रतिकिलो तोकिएको छ। गोलभेडाको भाउ केही घटेको छ। भारतीय ठूलो गोलभेडा ९० देखि १०० रुपैयाँ प्रतिकिलो छ। हिजो यसको भाउ ९० देखि ११० रुपैयाँ प्रतिकिलो थियो।

लोकल सानो गोलभेडाको भाउ ५ रुपैयाँ घटेर ८० देखि १०० रुपैयाँ प्रतिकिलो तोकिएको छ। टनेलको गोलभेडाको १०५ देखि १३५ रुपैयाँ प्रतिकिलो छ।

आलुको भाउ स्थिर रही प्रतिकिलो ७५ देखि ८० रुपैयाँ मूल्य निर्धारण गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका