जोडिनुहोस
  • होमपेज
  • अधिकारी पक्राउको सूचना संसद्‍मा, प्रदेशसभा सदस्यबाट निलम्बित

अधिकारी पक्राउको सूचना संसद्‍मा, प्रदेशसभा सदस्यबाट निलम्बित

काठमाडौं। कोशी प्रदेश सरकार पूर्वमन्त्री तथा एमाले नेता लीलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा कोशी प्रदेशसभाले सूचना टाँस गरेर जानकारी दिएको छ ।

कोशी प्रदेश सभाले प्रदेशसभा नियमावलीको नियम १९० को उपनियम २ अनुसार जानकारी दिएको उल्लेख छ । मानव बेचबिखनको आरोपमा अनुसन्धानका लागि प्रहरीले आइतबार अधिकारीलाई विराटनगरबाट पक्राउ गरि काठमाडौं ल्याएको छ । उनलाई यसअघि एमालेले पार्टीको सबै जिम्मेवारीसहित साधारण सदस्यबाट पनि निलम्बन गरिसकेको छ ।

प्रदेश सभाले सूचना टाँस गरेर जानकारी दिएसँगै अधिकारी कोशी प्रदेश सांसदबाट निलम्बित भएका छन् । उनी मोरङको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट २०७९ को निर्वाचनमा विजयी भएका थिए । उक्त क्षेत्रबाट उनी दुई पटक विजयी भइसकेका छन्। अधिकारी १७ हजार ५५२ मत ल्याएर विजयी भएका थिए । उनले कांग्रेस उम्मेदवार विनोद कार्कीलाई दुई हजार २०० मतले पराजित गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका