जोडिनुहोस
  • होमपेज
  • लगातार २ दिन बढेको शेयर बजार आज घट्यो, कारोबार रकममा पनि कमी

लगातार २ दिन बढेको शेयर बजार आज घट्यो, कारोबार रकममा पनि कमी

काठमाडौं। लगातार दुई दिन बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २४ अङ्कले घटेर दुई हजार सात सय ४८ दशमलव ९६ विन्दुमा झरेको छ ।

आज फाइनान्स, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज गूडविल फाइनान्स कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन गुराँस लघुवित्त, मेन्छियाम हाइड्रोपावर, बेस्ट फाइनान्स र एनएलजी इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ११ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज तीन सय १२ वटा कम्पनीका एक करोड ६७ लाख कित्ता शेयर सात अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका