जोडिनुहोस
  • होमपेज
  • सरकारको लेखापरीक्षण प्रतिवेदन अर्थ मन्त्रालयमा पेसः झण्डै १५ अर्ब बेरुजु

सरकारको लेखापरीक्षण प्रतिवेदन अर्थ मन्त्रालयमा पेसः झण्डै १५ अर्ब बेरुजु

काठमाडौं। महालेखा नियन्त्रणको कार्यालयले आर्थिक वर्ष २०८०र८१ को लेखापरीक्षण प्रतिवेदन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसमक्ष पेस गरेको छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को व्यवस्थाअनुसार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा महालेखा नियन्त्रक विनोदबहादुर सिंहले उक्त प्रतिवेदन पौडेललाई बुझाएका हुन्।

प्रतिवेदनमा आर्थिक वर्ष २०८०र८१ मा १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको आन्तरिक लेखा परीक्षण भएकोमा १४ अर्ब ९७ करोड ४३ लाख रुपैयाँ बेरुजु औंल्याइएको छ।

त्यसैगरी राजस्वतर्फ ४ करोड २८ लाख, कार्य सञ्चालन कोषतर्फ ३५ करोड ८४ लाख रुपैयाँ र म्याद नाघेको पेश्की १० अर्ब ४५ करोड रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका