जोडिनुहोस
  • होमपेज
  • डडेल्धुरामा परराष्ट्रमन्त्री आरजुलाई फूलमालाले स्वागत गर्न कांग्रेसको उर्दी

डडेल्धुरामा परराष्ट्रमन्त्री आरजुलाई फूलमालाले स्वागत गर्न कांग्रेसको उर्दी

काठमाडौं। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको गृह जिल्ला डडेल्धुरा जाने भएकी छन् ।

काङ्ग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी राणालाई गृह जिल्लामा भव्य स्वागतको तयारी गरिएको छ ।

जिल्ला कार्यसमितिले एक विज्ञप्ति जारी गर्दै फूल मालासहित डडेल्धुरा बसपार्कमा जम्मा हुन कार्यकर्तालाई उर्दी जारी गरेको हो ।

पार्टी सभापति भीमबहादुर साउँदले बुधवार विज्ञप्ति निकालेर परराष्ट्र मन्त्री राणा आउँदा डडेल्धुरा बसपार्कमा फूल मालासहित उपस्थित रहन नेता, कार्यकर्ताहरूलाई आदेश गरेका हुन्

सभापति साउदले महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्यसमिति पदाधिकारी र सदस्य, प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरू, पालिका कार्यसमितिहरू, वडा र टोल कार्यसमितिलाई परराष्ट्र मन्त्री आउने कार्यक्रममा फूल मालासहित उपस्थित रहन भनेका छन् ।

congress

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका